Friday, December 4, 2020

धुनिबेशी नगरपालिका वडा नं. ५ को कार्यालयद्धारा आफ्नो वडा भित्रका माध्यमिक तहका विद्यालयहरुलाई निशुल्क इन्टरनेट सेवा प्रदान ।

Share This
  • 326
    Shares

६ असोज २०७७, धादिङ । धुनिबेशी नगरपालिका वडा नं. ५ को कार्यालयद्धारा आफ्नो वडा भित्रका माध्यमिक तहका विद्यालयहरुलाई निशुल्क इन्टरनेट सेवा प्रदान
धुनिबेशी नगरपालिका वडा नं. ५ को कार्यालयले आफ्नो वडा भित्रका माध्यमिक तहका विद्यालयहरुलाई निशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ ।
पछिल्लो समयमा कोरोना भाइरसको महामारीको कारणले नियमित पठनपाठन का क्रियाकलापहरु सञ्चालन गर्न कठिनाई भएको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक सिकाई सहजीकरण गर्न तथा विद्यार्थीहरुलाई सुचना तथा प्रविधीको प्रयोग गरेर सिकाई क्रियाकलाप गर्नको लागि सहज होस भनेर इन्टरनेट सेवा प्रदान गरिएको वडा नं. ५ का वडा सदस्य ऋषि कुमार ढकालले बताउनु भयो ।
वडा कार्यालयले इन्टरनेट सेवा प्रदान गरेपछि अनलाइन कक्षा सञ्चालन गर्न र शिक्षक तथा विद्यार्थीहरुलाई प्रविधी संग जोड्न लगायत विद्यालयमा आइटीका कक्षा हरु संचालन गर्न सकिने महादेवस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले बताउनु भयो । त्यस्तै विद्यालयमा वडा कार्यालय मार्फत इन्टरनेट सेवा प्रदान गरे पश्चात कम्प्युटर विज्ञान का कक्षाहरुमा प्रयोगात्मक क्रियाकलाप गर्न सजिलो तथा विद्यालयमा विभिन्न अनलाईन कक्षाहरु सञ्चालन गर्न सजिलो हुने भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश कुमार रेग्मीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *