Friday, December 4, 2020

धुनिबेशी नगरपालिकाद्धारा नगरभित्रका १८ वटा सामुदायिक विद्यालयहरुको वेवसाइट निर्माण ।

Share This
  • 48
    Shares


०६ असोज २०७७, धादिङ । धादिङको धुनिबेशी नगरपालिकाले आफ्नो नगर भित्रका विभिन्न १८ वटा सामुदायिक आधारभुत तथा माध्यमिक विद्यालयहरुको वेवसाइट निर्माण गरेको छ ।
धुनिबेशी नगरपालिकाले इन्टरनेटको पहुँच पुगेका आधारभुत तथा माध्यमिक विद्यालयहरुमा भिजन ट्रेड लिकं कलंकी संग सहकार्य गरि वेव साईट निर्माण गरेको हो ।
पछिल्लो समय शिक्षामा सुचना तथा प्रविधीको प्रयोग बढे संगै सामुदायिक विद्यालयहरुले इन्टरनेटको प्रयोग गरि आफ्ना गतिविधीहरुलाई वेवसाइटमा अपलोड गरि त्यस्ता गतिविधीहरुलाई सिक्ने र सिकाउने सामाग्रीको रुपमा प्रयोग गर्न सकुन भन्ने उद्देश्यले वेव साइटको निर्माण गरिएको धुनिबेशी नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाका उपसचिब सुजनराज खनालले बताउनु भयो । साथै उहाले हरेक विद्यालयको क्रियाकलाप अर्को विद्यालयको लागि नमुना बन्न सक्ने र उनिहरुले पनि आफ्ना क्रियाकलापहरुमा सक्रियता बढाउन सक्ने समेत कुरा ब्यक्त गर्नु भयो ।
वेवसाईटको निर्माण पछि भिजन टे«ड लिकंका निर्देशक दिपक गैरेले विद्यालयहरुले आफ्ना सुचना तथा गतिविधीहरु वेवसाईटमा अपडेट गर्नाले अर्को विद्यालयको लागि त्यो सिकाईको विषयबस्तु बन्न सक्ने बताउनु भयो ।
धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले वेव साईटको निर्माण पश्चात नगरपालिका बाट विद्यालयमा पुग्नुपर्ने सुचना तथा जानकारी र विद्यालयबाट नगरपालिका समक्ष पु¥याउनुपर्ने सुचना तथा जानकारीहरुलाई सहजताका साथ पु¥याउनको लागि पनि सहज हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *