Friday, December 4, 2020

धुनिवेशी नगरपालिकामा सुचना प्रविधी सम्बन्धी ३ दिने तालिम सुरु ।

Share This
  • 60
    Shares


असोज ०५, २०७७ धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा सुचना प्रविधी सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । शिक्षा युवा तथा खेलकुद विकास शाखा धुनिबेशी नगरपालिकाको आयोजना तथा भिजन ट्रेड लिंक प्रा.लि. कलंकीको सहयोगमा तालिम सुरु भएको हो । धुनिवेशी नगरपालिकाका शिक्षा शाखाका उपसचिब सुजनराज खनालको सभापतित्व भएको कार्यक्रममा शिक्षा शाखाका अधिकृत विकास खत्री, भिजन टे«ड लिंकका दिपक गैरे, धुनिबेशी नगरपालिकाका सुचना अधिकृत शौरभ कुमार कार्की लगायतको आतिथ्यता रहेको थियो ।
धुनिबेशी नगरपालिका भित्र भएका शिक्षाको गतिविधिलाई प्रविधीको प्रयोग गरी एक अर्का समक्ष पु¥याउने साथै सिकाइमा विभिन्न प्रविधीको प्रयोग गरी यस महामारीको अवस्थामा पनि शिक्षण क्रियाकलापहरु गराउनको लागि शिक्षकहरुलाई सहजीकरण होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको उपसचिब खनालले बताउनु भयो ।


तालिममा महामारीको अवस्थामा इन्टरनेटको माध्ययमबाट विभिन्न प्रविधिको प्रयोग गरी विद्यार्थीहरुलाई कसरी सिकाई सहजीकरण गर्न सकिन्छ भन्ने विषयबस्तुहरुमा छलफल गरिएको थियो । तालिममा धुनिबेशी नगरपालिका भित्रका विद्यालयहरुका ३५ जना कम्प्युटर शिक्षकहरुको सहभागिता रहेको थियो । साथै तालिममा नगरपालिका भित्रका १८ ओटा विद्यालयका शिक्षकहरुलाई नगरपालिकाले निर्माण गरिदिएको वेबसाइटको अपडेट गर्ने तरिका को बारेमा प्रशिक्षण दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *