Friday, December 4, 2020

खानिखोलामा रक्तदान कार्यक्रम सम्पन्न, ६५ जनाद्धारा रक्तदान ।

Share This
  • 99
    Shares


२८ साउन २०७७ । धादिङको धुनिबेशी नगरपालिका ७ मा रहेको मछिन्द्र मा बि को प्रांगण खानिखोलामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस को अवसरमा लायन्स क्लब अफ धादिङ पिस खानीखोला र लियो क्लब अफ पिस खानीखोलाको आयोजना तथा रेडक्रस सोसाइटी नेपालको प्राबिधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
नक्षेत्र बचत तथा ऋण सहकारी सस्था लि.,पब्लिक बचत तथा ऋण सहकारी सस्था लि र नेपाली रक्तदातासंघ को प्रायोजनमा भएको रक्तदान कार्यक्रममा ४ जना महिला र ६१ जना पुरुष गरी जम्मा ६५ जनाले रक्तदान गरेका छन् ।
विश्वमा फैलिरहेको कोरोना भाइरसका कारणले नेपालमा विभिन्न अस्पतालहरुमा विरामीको उपचारमा रगतको अभाब नहोस तथा ब्लड बैंकमा पनि रगतको कमी नहोस भनेर यस्तो विषम परिस्थतीमा पनि रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक प्रदिप कुवरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *