Friday, December 4, 2020

धार्केमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १२६ जनाद्धारा रक्तदान ।

Share This
  • 320
    Shares


२७ श्राबण २०७७ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ६ धार्के तरकारी बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी धुनिबेशी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १२६ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।


कार्यक्रमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल नेपाल रेडक्रस सोसाइटी जिल्ल शाखा धादिङका सभापती नारायण तिमल्सिना,मन्त्री दूर्लभ तामाङ लगायतको उपस्थिती रहेको थियो ।
विश्वमा फैलिरहेको कोरोना भाइरसका कारणले नेपालमा विभिन्न अस्पतालहरुमा विरामीको उपचारमा रगतको अभाब नहोस तथा ब्लड बैंकमा पनि रगतको अभाव नहोस भनेर यस्तो विषम परिस्थतीमा पनि रक्तदान कार्यक्रम आयोजना गरको नेपाल रेडक्रस सोसाइटी धुनिबेशी उपशाखाका सभापती रामबाबु रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *