Monday, June 14, 2021

नौविसे स्वास्थ चौकिमा स्तनपान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Share This
  • 531
    Shares


२४ श्रावण २०७७ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ७ मा रहेको नौविसे स्वास्थचौकीमा स्तनपान तथा रोटा खोपको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शिशुको स्वास्थ्य परिक्षण गर्दै गिता भट्ट ।


“स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार ” भन्ने नाराका साथ सप्ताहब्यापी रुपमा मनाइएको विश्व स्तनपान दिवशको अवसरमा नौविसे स्वास्थ्य चौकीले पनि एक अन्तक्रिया कार्यक्रम गरि यो दिवश मनाएको हो ।

अन्तरक्रिया कार्यक्रममा सुरक्षित मातृत्व, पोषण स्वास्थ, पोषिलो खानेकुरा तथा सरसफाई लगायतका विषयमा छलफल गरिएको थियो । साथै स्वास्थ चौकीले विश्वब्यापी रुपमा विभिन्न महामारी फैलिरहेको अवस्थालाई मध्य नजर गर्दै ६ हप्ता पुगेका बाल बालिका हरुलाई रोटा खोप पनी सुरु गरेको स्वास्थ चौकीका प्रमुख गिता भट्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *