Monday, June 14, 2021

धुनिबेसी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी १० दिने तालिम सम्पन्न ।

Share This
  • 181
    Shares

धुनिबेसी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी १० दिने तालिम सम्पन्न  ।

 श्रावण ६ , धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ ।

भुवनेश्वरी माध्यमिक विद्यालयको आयोजना भगवती आइटी सर्भिसेस प्रा.लि कलंकीको प्राविधिक सहयोग तथा धुनिबेसी नगरपालिकाको समन्वयमा तालिमको संचालन  गरिएको हो ।

समापन कार्यक्रममा  धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रम्ख आतिथ्यता , नेपाल राष्ट्रिय  शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माको विशेष आतिथ्यता तथा नगरपालिकाका उपप्रमुख निरु खरेल, शिक्षा शाखाका प्रमुख  सुजनराज खनाल, अधिकृत विकास खत्री लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम भुवनेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले  सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम शिक्षकका लागि निकै उपयोगी हुने बताउनुभयो । धुनिबेसी नगरपालिकाले पनि शिक्षक तथा विद्यार्थीहरूका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी लगायत थुप्रै कार्यक्रमहरू ल्याउन लागेको  र सबै विद्यालयको आवश्यकता अनुसारका कार्यक्रमहरु पनि प्रदान गरिने बताउनु भयो साथै उहाले धुनिबेसी नगरका विभिन्न विद्यालयमा अब खेल, नृत्य, बाद्यबादनका शिक्षक पनि आवश्यकता अनुसार ब्यवस्था गरिने बताउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशकुमार रेग्मीले शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रविधिमा अगाडि बढाउने र शिक्षणमा ICT को प्रयोग गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । असार २८  गते बाट  सुरु भएको  तालिममा विद्यालयका १८ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *