Monday, June 14, 2021

भुवनेश्वरी माध्यमिक विद्यालयमा ICT तालिम सुरु ।

भुवनेश्वरी माध्यमिक विद्यालयमा सुचना तथा सञ्चार प्रविधि क्ष्ऋत् सम्बन्धी ७ दिने तालिम सुरु ।
Share This
  • 380
    Shares

असार २८ धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नं. ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ७ दिने तालिम सुरु भएको छ ।
भुवनेश्वरी माध्यमिक विद्यालयको आयोजना भगवती आइटी सर्भिसेस प्रा.लि कलंकीको प्राविधिक सहयोग तथा धुनिबेसी नगरपालिकाको समन्वयमा आज सो तालिमको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा धुनिबेसी नगरपालिका शिक्षा शाखाका उपसचिब सुजनराज खनालको प्रमुख आतिथ्यता एवम् अधिकृत विकास खत्रीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम भुवनेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि खनालले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम शिक्षकका लागि निकै उपयोगी हुने बताउनुभयो । धुनिबेसी नगरपालिकाले पनि शिक्षक तथा विद्यार्थीहरूका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी लगायत थुप्रै कार्यक्रमहरू ल्याउन लागेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशकुमार रेग्मीले शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रविधिमा अगाडि बढाउने र शिक्षणमा ICT को प्रयोग गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । श्रावण ३ गते सम्म सञ्चालन हुने तालिममा विद्यालयका १८ जना शिक्षकहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *